20% OFF

मलाला

   0 (0 Reviews)

Rs. 350 Rs. 280

Quantity: 10 Items Left

This item is currently out of stock

Notify Me

Description

मलाला युसुफजई पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारवादी कार्यकर्ता हुन्। सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल मलाला नोबेल पुरस्कार पाउने हालसम्म कै सबभन्दा कम उमेरकी व्यक्ति हुन्। उनी स्वात उपत्यकामा तालिबानहरूले केटीहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेका कारण चर्चामा अाएकी हुन्।

मलालाको जन्म १९९७ मा पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको स्वात जिल्लामा भयो। उनी पाकिस्तानको मिंगोरा शहरमा आठ कक्षाकी छात्रा हुन् । छद्म नाम प्रयोग गरी बिबिसीको लागि ब्लगिङ्द्वारा तालिबान शासनको अत्याचारको विरोध गर्ने मलाला १३ वर्षको उमेरमा नै स्वातमा रहेका महिलाहरूको नायिका बनिन् । अन्तर्राष्ट्रियस्तरमा बालअधिकारको वकालत गर्ने संस्था किड्स राइट्स फाउन्डेसनले उनलाई अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारको लागि नामाङ्कन गरेको थियो, उनी यस्तो पुरस्कारको लागि नामांकित पहिलो पाकिस्तानी बालिका हुन्। दक्षिण अफ्रीकाका नोबेल पुरस्कार विजेता देस्मुंड टूटू एम्स्टर्डमले नेदरल्यान्ड्समा एक समारोहमा २०११को यस नामांकनको घोषणा गरे, तर युसफजई यो पुरस्कार जित्न सफल भइनन् उक्त पुरस्कार दक्षिण अफ्रीकाकी १७ वर्षीय बालिकाले जीतिन्। यो पुरस्कार हरेक वर्ष बालबालिकाहरूको अधिकारको लागि काम गर्ने बालिकालाई दिइन्छ। मलालाले तालिबानको धम्कीको बावजुद बालिकाहरूलाई शिक्षित गर्ने अभियान चलाईरहेकी छिन्। यही कारण तालिबान आतंककारीहरूले उनलाई आफ्नो हिट लिस्‍टमा राखेका थिए । अक्टोबर २०१२ मा, मंगलबारको दिनमा करीब सवा १२ बजे स्वात उपत्यकाको कस्बे मिंगोरामा विद्यालयबाट फर्किरहेको समयमा आतंककारीहरूले हमला गरेका थिए। यस हमलाको जिम्‍मेवारी तहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी)ले लिएको छ ।


User Reiviews

0 Reviews

Similar Products